दफा ४०
अनिवार्य बचत गर्नुपर्ने
प्रत्येक जग्गावाला र मोहीले आफ्नोे वा आफूले कमाएको जग्गाको एक मुख्य वार्षिक उब्जनी वालीको तोकिएको दरले जिन्सीमा अनिवार्य बचत तोकिएको समिति संस्था वा अधिकारी छेउ जम्मा गर्नु गराउनु पर्छ ।
तर–
(क) यसरी तोकिएको समिति वा संस्था वा अधिकारी छेउ जम्मा हुन आउने बचतको अन्तिम जिम्मेवारी नेपाल सरकारको हुनेछ ।
(ख) तोकिएको समिति वा संस्था वा अधिकारीले आवश्यक सम्झेमा तोकिएको दर भाउमा नगदीमा बुझाउन लगाउन सक्नेछ । खाद्यान्न बाहेक अरू नगद बाली लागेका जग्गाको हकमा तोकिएको दरले नगदीमा जम्मा गर्नु गराउनु पर्छ ।
(ग) यसरी उठाएको बचत तोकिए बमोजिम कृषि विकास र कृषि कार्य सम्बन्धी स्थानीय आवश्यकतालाई प्राथमिकता दिई नेपाल सरकारले तोकिएको प्रशासनद्वारा उपयोग गर्ने गराउनेछ ।